Image description

काठमाडौँ- चलचित्र ‘महाजात्रा’ले प्रदर्शनको एक हप्तामा ६ करोड कमाएको छ। पहिलो विकेन्डमा ४ करोड २६ लाख कमाएको फिल्मले पहिलो हप्तामा ६ करोड नघाएको छ। 
६ करोड २४ लाख फिल्मको ‘ग्रस’ व्यापार हो। यसबाट राज्यलाई ट्याक्स, प्रदर्शक (हल)को सेयर र वितरकको कमिसन कटाएर निर्मातालाई लगभग ३ करोड आउँछ। फिल्मको लागत २ करोड जनाइएको छ। अर्थात् ‘महाजात्रा’ले पहिलो हप्तामा नै लगानी सुरक्षित गरेर निर्मातालाई नाफा दिलाएको छ। त्यसो त ओभरसिज र डिजिटल राइट्सबाटै फिल्मले लगानी उठाइसकेको थियो।

शुक्रबारदेखि दोस्रो हप्तामा प्रवेश गरेको फिल्मले १० करोड कटाउने प्रक्षेपण गरिएको छ। तर, यसका लागि आगामी दिनमा पनि फिल्मको व्यापार स्थिर हुन जरुरी छ। हलहरुमा दर्शकको चाप र ‘वर्ड अफ माउथ’ हेर्दा फिल्मलाई ‘डबल डिजिट’ पार गर्न ठूलो समस्या देखिँदैन। देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई सुपरहिट घोषणा गरिसकेको छ।

प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दिव्य देव, गौमाया गुरुङ, सुमन कार्की लगायतको अभिनय छ।