Image description

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक भएको छ । आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको तीजको गीत उत्साहजनक रुपमा हेरिएको छ ।

खासगरी नेपाली मौलिकतालाई समेटेर तयार गरिएको गीत नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष एवं वरिष्ठ अधिवक्ता मोहन इङ्नामले विमोचन गर्नुभएको हो ।

गीतमा पछिल्लो समय चर्चामा रहेकी गायिका अनु चौधरीले स्वर दिनु भएको छ । शव्द रचना वसन्त योगीले गर्नु भएको हो भने यसलाई संगीत तथा एरेन्ज पुष्कर सुनुवारले गर्नुभएको छ ।

कल्ले खायो दरमा चर्चित मोडेल अञ्जली अधिकारी र करिष्मा ढकालको मुख्य अभिनय रहेको छ । त्यस्तै गीतको भिज्युअलमा आमाको भूमिका कृष्णकुमारी महतले निभाउनु भएको छ । प्रशान्त मगरको निर्देशन र अजय रेग्मीको छाँयाङ्कन एवं प्रविन भट्टको सम्पादन रहेको म्युजिक भिडियो पूर्ण प्याकेज देखिन्छ ।

गाउँबस्तीमा चलनचल्ती रहेका सर्वसाधारणले बुझ्ने सहज शव्द जोडेर बनाइएको गीत नेपाली नारीहरुको भावनालाई समेटेर तयार पारिएको म्युजिक भिडियोका निर्देशक प्रशान्त मगरले बताउनुभयो ।