Image description

काठमाडौँ- सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ। महोत्सव उद्घाटन गर्दै प्रदेश प्रमुख तीलक परियारले गला र कलामार्फत प्रदेशको पहिचानलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा अगाडि बढाउन सकिने बताउनु भएको छ।

संघीय सांसद सोबिता गौतमले कर्णालीको प्राकृतिक सौन्दर्य विश्वकै लागि लोभलाग्दो भएको बताउनु भएको छ। उहाँले फिल्म निर्माण तथा ऐन बनाउन आफूले संसदमा आवाज उठाउने प्रतिबद्धता जनाउनु भएको छ।

कर्णालीमा लुकेका कथा, कला, रितिरिवाज, संस्कृति, परम्परा र पर्यटकीय सम्पदालाई उजागर गर्ने उद्देश्यले महोत्सवको विशेष कार्यक्रम अन्तर्गत विमर्श सत्र आयोजना गरिएको थियो।

उक्त अवसरमा ‘कर्णालीमा चलचित्र सम्भावना र राज्यको भूमिका’ बिषयमा संघीय सांसद गौतम, प्रदेशसभा सदस्य घनश्याम भण्डारी वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया भण्डारी, फिल्म निर्देशक आकाश अधिकारीले छलफल गर्नु भएको थियो।


दोस्रो सत्रमा ‘कर्णालीमा गजल विषय’मा छलफल गरियो । स्थानीय साहित्यकर्मीले गजल वाचन गरे । सावित्री स्वप्नील, महेन्द्र चन्द महासागर, नवराज कुन्दन, धिरेन अनुपम, कपिल अन्जानले गजल वाचन गर्नु भएको थियो।