Image description

काठमाडौँ- अभिनेत्री केकी अधिकारी अभिनित चलचित्र ‘बोक्सीको घर’का लागि गायक प्रकाश सपुतले ‘बुझिनँ मैले’ बोलको गीत तयार पार्नुभएको छ। फिल्म ‘परदेशी २’ र ‘बदला बरी लै’ गीतको सफलतापछि अभिनेत्री अधिकारी र गायक तथा अभिनेता सपूतबीच पुनः एकपटक सहकार्य भएको छ। 

फिल्म ‘बोक्सीको घर’ अभिनेत्री अधिकारीले निर्माण तथा अभिनय गर्नु भएको हो। गीतमा गायक सपूतको शब्द तथा संगीत छ भने गायनमा उनलाई समीक्षा अधिकारीले साथ दिनुभएको छ। 

यो गीतको यसै साता भिडियो छायांकन पनि भइसकेको छ। गीतमा केकी स्वयं देखिनुभएको छ। फिल्मकै लुक्समा उहाँले अभिनय गर्नुभएको हो। भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी छ ।