logo
२ चैत्र २०८१, शनिबार

सरकारको असक्षम कार्यशैलीप्रति सांसदहरुको प्रहार

सरकारको असक्षम कार्यशैलीप्रति सांसदहरुको प्रहार

काठमाडौँ ।  विद्यमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोधमा आवाज उठ्नुका पछाडि यसअघि र हालका सरकारको कमजोर कार्यशैली जिम्मेवार रहेको सांसदहरुको आरोप छ ।

मंगलवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै विभिन्न दलका सांसदहरुले वर्तमान सरकारको कार्यशैली, शासन व्यवस्थामा देखापरेका चुनौती र संविधानको रक्षा तथा पुनरावलोकनसम्बन्धी विषयमा आफ्ना धारणा राख्नुभयो ।

सो क्रममा उहाँहरुले व्यवस्था विरोधी शक्ति सल्बलाउनुमा सरकारको असक्षमता जिम्मेवार रहेको आरोप लगाउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै राजावादी शक्ति मौलाउने अवस्था सिर्जना हुनुमा सरकारको कमजोरी रहेको बताउनुभयो ।

जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले नेपाली जनताकै अभिमतबाट वर्तमान संविधान निर्माण भएको उल्लेख गर्दै यसको संरक्षणका लागि सबै लोकतान्त्रिक शक्ति जुट्नुपर्ने धारणा राख्नुभयो । उहाँले विद्यमान प्रणाली आफैँमा दोषी नभएको तर यसलाई सञ्चालन गर्ने व्यक्ति जिम्मेवार नहुँदा प्रश्न उठ्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले नागरिकले पूर्वराजाको पक्षमा आवाज उठाइरहेको  अहिलेको स्थितिले सरकारको असक्षमता उजागर गरिरहेको तर्क गर्नुभयो । रासस

TOP