

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी मृत्यु भएका नेपालीको पहिचान खुलेको छ ।
परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको मृत्यु भएको जनाएको हाे ।
दुर्घटनामा परी आफन्त गुमाएका शोकाकूल परिवारप्रति सरकारले गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
मन्त्रालयका अनुसार निधन हुनेमा कैलालीका दुई जना छन् । त्यसमा कमला नवीन भण्डारी (वर्ष ४३), लछिराम पासी (वर्ष ४०) छन् ।
यस्तै अछामका चार जनाको निधन भएको छ । हिन्दुराम विश्वकर्मा(वर्ष ११, नन्दराम पद्य विश्वकर्मा (४४ वर्ष), मैसारा कामी विश्वकमा) (४२ वर्ष) र जोक्ला उर्फ कला कामी ( ६० वर्ष) छन् । त्यस्तै बाँकेका ३२ बर्षीय राधेश्याम राधको निधन भएको छ ।
दुर्घटनामा घाइते भएका चार नेपालीमध्ये तीन जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको छ ।
यही माघ नौ गते साँझ करिब पाँच बजेर पाँच मिनेटमा भारतको महाराष्ट्र राज्य, जलगाउँ जिल्लाको परधाडे स्टेशननजिकै रेल दुर्घटना भएको थियो ।
प्रतिक्रिया