Image description

काठमाडाैँ । कलेजोसम्बन्धी रोगबारे जनचेतना जगाउन र कलेजोको स्वास्थ्य प्रवद्र्धन गर्न हरेक वर्ष शुक्रबारको दिन विश्व कलेजो दिवस मनाइन्छ ।

यस दिवसको महत्वको बारेमा मानिसलाई शिक्षित गराउने, कलेजो रोगको प्रारम्भिक पहिचान र उपचारका लागि पैरवी गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

यस वर्षको दिवसको नारा, ‘सतर्क रहनुहोस्, नियमित कलेजो जाँच गराउनुहोस्, र फ्याटी लिभर रोगबाट बच्नुस्’ रहेको छ ।

अर्थात् प्रारम्भिक चरणमा कलेजोको समस्या पहिचान र रोकथाम गर्नुपर्छ जसले गर्दा बोसोयुक्त कलेजो रोगबाट बच्न सकिने कुरालाई इङ्गित गर्दछ ।

कलेजो मानव शरीरको महत्वपूर्ण अङ्ग हो । कलेजो स्वस्थ्य राख्न खानपान र रहनसहनमा ध्यान दिनसके विभिन्न समस्याबाट बच्न सक्ने विज्ञ बताउँछन् ।

उहाँका अनुसार धेरै चिल्लोपदार्थ सेवन नगर्ने, नियमित व्यायाम गर्ने गर्नुपर्छ, जसले गर्दा कलेजोमा बोसोको मात्रा जम्न दिँदैन । कलेजोमा बोसो जम्नुलाई ‘फ्याटी लिभर’ भनिन्छ ।

नेपालमा अधिकांश कलेजोको समस्या देखिएकामा  रक्सीको अधिक सेवन प्रमुख कारण रहेको छ । त्यसैगरी हेपटाइटिस ‘बी’,‘सी’को सङ्क्रमण, आनुवंशिक कारण पनि कलेजोको समस्या देखिने गरेको चिकित्सकको भनाइ छ ।

वर्षमा एक पटक कलेजोको अवस्था ठीक छ वा छैन भनेर लिभर फङ्सन टेस्ट (एलएफटी) गराउन चिकित्सकको सुझाव छ । यो सुविधा हरेक सरकारी तथा निजी प्रयोगशालामा सर्वसुलभरुपमा उपलब्ध छ ।

नेशनल हेल्थ सर्भिस (एनएचएस), युकेका अनुसार कलेजोमा समस्या आयो भने खाना रुचि नहुने, वाकवाकी लाग्ने, जीउमा कमजोरी महसुस हुने, बिरामी भइराख्ने लक्षण देखिन सक्ने हुन्छ ।

डा शर्माले समस्या बढ्दै जाँदा जन्डिसको लक्षणजस्तै आँखा पहेँलो हुने, छाला पहेँलो हुने, छ महिनाभन्दा बढी लगातार कलेजोमा समस्या भयो भने ‘क्रोनिक लिभर डिजिज’ हुन सक्ने बताउनुहुन्छ । आज अप्रिल १९, ‘विश्व कलेजो दिवस’ हाे।