logo
१० माघ २०८१, बिहीबार

पत्रकारको पेसागत हकहितको संरक्षणमा जोड

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारको पेसागत हकहितको संरक्षणमा जोड दिनुभएको छ ।

बुधबार सञ्चारिका समूहले काठमाडाैँमा आयोजना गरेको नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पत्रकारको पेसागत सुरक्षामा चुनौती रहेकाले महासङ्घले यी समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

श्रमजीवी पत्रकारहरुले समयमा पारिश्रमिक नपाएकोलगायतका समस्या देखिएकाले राज्यले सञ्चार जगतका समस्या सम्बोधनका लागि पहल गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

यसैगरी राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सञ्चार जगतमा महिला सहभागिता बढाउन आवश्यक रहेकामा जोड दिनुभयो ।

महासङ्घका नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले पत्रकार महासङ्घको गरिमा जोगाउन सबैको साथ आवश्यक रहेको बताउनुभयो ।

TOP