logo
७ माघ २०८१, सोमबार

‘नेपाली भूमिलाई अन्तर्राष्ट्रिय ध्यानको केन्द्र बनाउनुपर्छ’

‘नेपाली भूमिलाई अन्तर्राष्ट्रिय ध्यानको केन्द्र बनाउनुपर्छ’

काठमाडौँ । स्वामी आनन्द अरुणले नेपाली भूमिलाई अन्तर्राष्ट्रिय ध्यानको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

विश्व ध्यान दिवसका अवसरमा शनिबार टुँडिखेलमा आयोजित कार्यक्रममा ओशो तपोवनका संस्थापक अरुणले ध्यान, योग, आयुर्वेद र नेचुरोप्याथी अध्यापनका लागि नेपालमा विश्वविद्यालय स्थापना र सञ्चालनका लागि सरकारको ध्यानार्कषण गराउनुभयो ।

स्वामी आन्नदले विश्वमा ध्यानको महत्व र आवश्यकता बोध भएसँगै ध्यान प्रशिक्षणको सम्भावना बढेको बताउनुभयो ।

उहाँले अहिले पनि आशो तपोवनमा ध्यानका लागि मात्रै विभिन्न ६० देशबाट मानिसहरु आइरहेको बताउनुभयो ।

टुँडिखेलमा ध्यान अभ्यास गराउने क्रममा उहाँले यो दिवस ध्यान गर्ने व्यक्तिको लागि पर्व र सम्पूर्ण नेपालीका लागि गौरवको दिन भएको उल्लेख गर्नुभयो ।

“यहि भूूमिमा भगवान शिवले ध्यान विज्ञान विकास गर्नुभयो, यो भगवान गौतम बुद्धको जन्मस्थल पनि हो । स्वामी पदम सम्भव, गुरु नानक, शिवपुरी बाबा, गोकुले बाबा, खप्तड बाबा, पाइल बाबालगायत धेरै गुरुहरुले नेपाली भूमिमा ध्यान गर्नुभएको थियो”, उहाँले भन्नुभयो ।

गत डिसेम्बर ७ तारिखका दिन संयुक्त राष्ट्र सङ्घले हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

नेपालले विगत १० वर्षदेखि यो प्रस्ताव उठाइरहेको स्वामी अरुणले बताउनुभयो । नेपालले राखेको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घको सर्वसम्मतीले अनुमोदन भएपछि ध्यानको विकासमा थप हौसला मिलेको उहाँको भनाइ थियो । रासस

ताजा अपडेट
TOP