logo
शनिबार, २८ भाद्र २०८२

बैंक जमानतमा लामिछानेलाइ थुना मुक्त गर्न मिल्दैन : अदालत

बैंक जमानतमा लामिछानेलाइ थुना मुक्त गर्न मिल्दैन : अदालत

रूपन्देही । सहकारीको रकम अपचलन तथा ठगीलगायत मुद्दामा थुनामा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले बैंक जमानतमा छाड्न अस्वीकार गरेको छ ।

जिल्ला न्यायाधीश नारायण सापकोटाको इजलासले निवेदक लामिछानेको निवेदनमा गरिएको मागबमोजिम नहुने आदेश गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।

रास्वपा सभापति लामिछानेले आफ्नो भागको बिगो तिर्ने भन्दै मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ६८ र ७१ बमोजिम बैंक ग्यारेन्टीसहितको निवेदन दिनुभएको थियो ।

गत चैत २५ गतेदेखि  भैरहवा कारागारमा रहनुभएका लामिछानेले साउन १९ गते रुपन्देही जिल्ला अदालतमा २ करोड ७४ लाख ८५ हजार रुपैयाँ बराबरको बैंक जमानत पेस गर्नुभएको थियो ।

यसअघि बुटवलको सुप्रिम सहकारी ठगीमा धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशलाई उल्टाउँदै २०८१ चैत १२ गते उच्च अदालत बुटवल इजलासले लामिछानेलाई थुनामा पठाएको थियो । उच्चको आदेशलाई सर्वोच्च अदालतको संयुक्त इजलासले समेत सदर गरेको थियो । । रासस

ताजा अपडेट
TOP