Image description

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकुलाई सुशासन र समृद्धिको बाटोतर्फ लैजान राष्ट्रिय शक्तिबीच एकता आवश्यक रहेको बताउनुभएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज सोमवार भएको सो पार्टीको संसदीय दलको बैठकमा उहाँले राष्ट्रिय शक्ति मिलेर मुलुकलाई सुशासन र समृद्धिको बाटोतर्फ अगाडि लैजानुपर्नेमा जोड दिनुभयो ।

एमालेका अध्यक्ष ओलीले उपयुक्त समयमा वामपन्थी एकता हुने तर पार्टीलाई हानी पु¥याउनेहरु सँग भने एकता नहुने स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले अहिले आफूले वामपन्थी शक्तिहरुलाई जुटाउने मात्र काम गरेको तर केही स्वार्थी तत्वले सधैं आन्दोलनलाई कमजोर बनाउने काम गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले समृद्ध नेपाल र सुखी नेपाली लक्ष्य पूरा गर्न समाजवाद आवश्यक रहेको बताउनुभयो । राजनीति धेरै बिग्रेपछि जनतामा असन्तुष्टि र अन्योल बढ्ने उहाँको भनाइ छ