Image description

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा विभिन्न राजनीतिक दलका नेताहरुले मिश्रित प्रतिक्रिया दिनुभएको छ । 

सत्ता पक्षका सांसदहरुले कार्यक्रमको बचाउ गर्दै सकारात्मक र रुपान्तरणकारी भएको प्रतिक्रिया दिनुभएको छ भने प्रतिपक्षी दलका नेताले परम्परगत र आशालाग्दो नभएको टिप्पणी गर्नुभएको छ ।
 
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का नेता माधव सापकोटाले नीति तथा कार्यक्रम समग्रमा राम्रो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको राजनीतिक परिस्थिति र दलहरुबीचको सम्बन्धलगायत समग्र दृष्टिमा उत्साहजनक छ, कार्यान्वयन गर्नेमा जोड दिनुपर्छ ।”
 
 स्वरोजगारका क्षेत्र र युवा पुस्तालाई आशावादी तुल्याउने देखिएको उल्लेख गर्नुहुँदै सांसद सापकोटाले नीति तथा कार्यक्रमले समग्रमा सबै पक्षलाई समेटेको प्रतिक्रिया दिनुभयो । “नीति तथा कार्यक्रम अनुसारको बजेट र त्यसलाई कार्यान्वयन गर्ने सरकारको इच्छाशक्ति मुख्य विषय हो । छलफललाई त्यसमा केन्द्रित गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
 
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम बजेटसँग तादाम्यता हुने गरी सबै क्षेत्रलाई समेटेर ल्याएको बताउनुभयो । “यसपटक ठूला विषय नराखी क्रमिक सुधार हुने गरी ल्याइएको छ । दर्जनौँ क्रमिक सुधारका विषय राखिएका छन्, बजेटसँग यसको सम्बन्ध जोडिने सम्भावना ह्वात्तै बढ्यो । अहिले विचारका रुपमा आयो, बजेटसँगै कार्यान्वयनमा आउँछ”, उहाँले भन्नुभयो ।
 
नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का नेता राजेन्द्र पाण्डेले नियमितरुपमा प्रत्येक वर्ष नीति तथा कार्यक्रम पेस गर्नुपर्ने भएकाले सदनमा पेस गरिएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “नीति कार्यक्रम जनतालाई उत्साह दिने र वर्तमान राजनीति अवस्थालाई सम्बोधन गर्नेखाले छैन ।”

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा बहुदलीय व्यवस्था आएको ३४ वर्षसम्म उस्तै किसिमका विषयवस्तु समेटेर नीति तथा कार्यक्रम आएको प्रतिक्रिया दिनुभयो । 

“तुर्जमा भएका नीति तथा कार्यक्रम २० प्रतिशत मात्रै कार्यान्वयन भएको भए मुलुकको समृद्धिले फड्को मारिसक्थ्यो”, उहाँले भन्नुभयो । नीति तथा कार्यक्रम कार्यन्वयनमा प्रतिबद्ध हुनुपर्नेमा भण्डारीले जोड दिनुभयो  ।