Image description

लमही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते विश्वासको मत लिनुहुने भएको छ ।

 प्रदेश सरकारका प्रवक्ता तथा गृहन्मन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार बिहीबार अपराह्न ४ बजे विश्वासको मत लिने तयारी छ । त्यसका लागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस पठाएको उहाँले जानकारी दिनुभयो ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

लुम्बिनी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १० , राप्रपा र नागरिक उन्मुक्तिका चार÷चारजना सदस्य हुनुहुन्छ । राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित हुनुहुन्छ ।

जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन÷तीनजना प्रदेशसभा सदस्य हुनुहुन्छ भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक÷एकजना प्रदेशसभा सदस्य हुनुहुन्छ । साथै एक जना स्वतन्त्र प्रदेशसभा सदस्य हुनुहुन्छ ।