Image description

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले विश्वासको मत लिनका लागि बिहान १०:१५ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

नेकपा ९एकीकृत समाजवादी० पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । यसरी नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै सदनबाट विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ । उहाँ नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र प्रदेश सभा सदस्य लगायतको समर्थनमा मुख्यमन्त्री बन्नु भएको हो । 

मुख्यमन्त्रीले यसअघि वैशाख २० र २१ गते गरी दुई पटक विश्वासको मत लिने प्रयास गर्नु भएको थियो । तर, तत्कालीन समयमा नेकपा ९एमाले० ले विश्वासको मत दिन नसक्ने भनेपछि स्थगित गरिएको थियो । एमाले संसदीय दलले सरकारमा नजाने तर मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । 

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा बहुमत पुर्याउनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ । गठबन्धन दल एमालेका ११, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका सात र मुख्यमन्त्रीको आफ्नै पार्टी नेकपा ९एकीकृत समाजवादी० का चार जना प्रदेश सभा सदस्य हुनुहुन्छ । यसै गरी, एक स्वतन्त्र प्रदेश सभा सदस्यको पनि मुख्यमन्त्रीलाई समर्थन रहेको छ । नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्य रहे पनि पार्टी अध्यक्ष पक्षधर भनिएका दुई जना प्रदेश सभा सदस्यको मात्रै मुख्यमन्त्रीलाई समर्थन रहेको देखिन्छ । मुख्यमन्त्रीलाई समर्थन गर्ने दुवै जना मन्त्री नियुक्त भइसक्नू भएको छ ।