Image description

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बैठक बूढानीलकण्ठमा दिउँसो २ बजे बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसारइलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन बैठक बोलाइएको हो। प्रदेश सभातर्फ बझाङ-१ ‘क’ मा हुने उपनिर्वाचनका विषयमा पनि छलफल हुनेछ।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ताको समय तोकेको छ।