Image description

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई गुणस्तरीय सेवासुविधा दिनसक्नुपर्ने बताउनुभएको छ ।

कैलालीको मध्य क्षेत्रमा रहेको गौरीगङ्गा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको साेमबार उहाँले सुविधायुक्त भवन निर्माण भएपछि यसबाट जनतालाई पनि गुणस्तरीय सेवासुविधा दिने विषयमा ध्यान दिन आग्रह गर्नुभयो ।

सुदूरपश्चिमको विकासमा आफूले विषेश प्राथमिकता दिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्ने, अनुदानमा महाकाली नदीमा पुल बनाउने, राजमार्ग निर्माण गर्नेलगायतका विकासका काममा प्राथमिकता दिइएको बताउनुभयो ।

उहाँले नगरपालिकामा चक्रपथ निर्माणका साथै नदी कटान रोकथाममा सरकारले सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा सोही क्षेत्र (कैलाली–४)बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य वीरबहादुर बलायरले नदी कटान रोकथाम र गोदावरीमा प्रदेशको राजधानी निर्माणका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

नगरपालिकाको वडा नं १ मा नवनिर्मित अत्याधुनिक प्रशासकीय भवन नगरपालिका र नेपाल सरकारको छ करोड ८६ हजारको लागतमा निर्माण पूरा भएको नगरप्रमुख देवीदत्त कँडेलले जानकारी दिनुभयो । हालै निर्माण पूरा भएको यो तीनतले भवनमा २४ कोठा छन् ।