Image description

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकताका साथ सूचीकृत गर्दै चुनौतीपूर्ण परिस्थितिको सामाना गर्ने सङ्कल्पसहित अर्थतन्त्रलाई लयमा फर्काउन तथा देशमा नयाँ रक्तसञ्चार गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सिजन मिडिया प्रालिको १५औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित ‘एशियन प्राफेसनल एचिभ्मेन्ट अवार्ड २०२३’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “सरकारकोतर्फबाट मैले पटकपटक भन्दै आएको छु, खेलकुद, साहित्य र कलाको क्षेत्र सामाजिक क्षेत्र राष्ट्रिय एकताका सबैभन्दा महत्वपूर्ण आयाम हुन्, यिनीहरुका माध्यमबाट सिङ्गो देशलाई एकताबद्ध गर्न सकिन्छ ।”

प्रधानमन्त्री दाहालले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सामाजिक, सांस्कृतिक र खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता प्रवद्र्धन गर्ने क्षेत्रका रुपमा विकास गरेको उल्लेख गर्दै अहिले पनि सो क्षेत्रको विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

सांस्कृतिक क्षेत्र मानिसलाई भावनात्मकरुपले सांस्कृतिकरुपले राष्ट्रलाई एकताबद्धरुपमा उत्प्रेरित गर्ने क्षेत्र भएको उहाँको भनाइ छ ।