Image description

काठमाडाैँ । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ ।

शुक्रबार सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुङ्गेलले छ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले चार सय ३९ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निवाचित हुनुभएको छ । 

अधिवेशनमा कूल प्रतिनिधि एक हजार एक सय ७२  रहेकामा एक हजार एक सय ३१ ले मतदानमा भाग लिएका थिए ।