Image description

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा अध्यक्ष  सुवास नेम्वाङको निधनले आफू मर्माहत भएको बताउनुभएको छ । 

मंगलबार बिहानै हृदयघातका कारण नेम्वाङको निधन भए लगत्तै ट्वीट गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले ट्वीटमा भन्नुभएको छ, ‘‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु ।’’

प्रधानमन्त्री प्रचण्डले नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । ट्वीटमा उहाँले भन्नुभएको छ, ‘‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’’