Image description

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध नेकपा एमालेको रिटमा मंगलबारबाट प्रतिवादीको बहस सुरु हुने भएको छ । निवेदक पक्षको बहस सोमबार सकिएपछि मंगलबारदेखि प्रतिवादीको बहस सुरु हुने भएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा हिजोदेखि निरन्तर सुनुवाइ सुरु भएको थियो । मंगलबार प्रतिवादी कोसी प्रदेश सरकार पक्षको बहस हुनेछ ।

बुधबार सम्ममा आदेश हुन सक्ने अपेक्षा गरिएको निवेदक एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पक्षका वकिलले बताउनुभएको छ ।