logo
बिहीबार, २६ भाद्र २०८२

काठमाडौँ उपत्यकामा चौबिसै घण्टा खानेपानी आपूर्ति हुने !

काठमाडौँ उपत्यकामा चौबिसै घण्टा खानेपानी आपूर्ति हुने !

काठमाडौँ । मेलम्ची खानेपानी आयोजना सम्पन्न भएपनि नियमित संचालनमा समस्या रहेको  काठमाडौँ उपत्यकामा अब २४सै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने भएको छ ।

खानेपानी मन्त्री प्रदीप यादवले बूढानीलकण्ठ नगरपालिका-४ मा निर्मित खानेपानी आयोजनाको उद्घाटन तथा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई हस्तान्तरण कार्यक्रममा काठमाडौँवासीले सधैँभरि पानी पाउने बताउनुभयो । अब मेलम्चीको पानी दैनिक आपूर्ति गरिने उहाँको भनाइ छ ।

खानेपानीमन्त्री यादवले आगामी वर्षभित्र ५७ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सेवाको पहुँच पु¥याउनेगरी आवश्यक रणनीति बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उक्त आयोजना बागमती प्रदेश सरकारअन्तर्गतको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन नं ५, बूढानीलकण्ठ नगरपालिका, र केयुकेएलको संयुक्त समन्वयमा निर्माण भएको हो ।

त्यस अवसरमा बागमती प्रदेश खानेपानी तथा सिँचाइमन्त्री श्यामबहादुर खड्का, बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडा नं ४ का अध्यक्ष राम केसी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ लगायत उपपिस्थत हुनुहुन्थ्यो ।

ताजा अपडेट
TOP