

काठमाडौँ । मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरुद्द भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अवरुद्द भएका हुन् ।
वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल-चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् ।
यस्तै, बाग्लुङको बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित घोराही रुकुम सहिद राजमार्ग र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडकमा पनि पूर्णरूपमा अवरोध पुगेको प्रहरीले जनाएको छ ।
वर्षाबाट अबरोध पुगेका काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, नवलपरासी पूर्वको गैँडाकोट नपास्थित कालिगण्डकी करिडोर, मुस्ताङको थासाङ गापास्थित बेनी-जोमसोम सडक, तनहुँको बन्दीपुर गापास्थित पृथ्वी राजमार्ग, रोल्पाको परिवर्तन गापास्थित सहिद राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा आएका प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया