संभव मिडिया सर्भिस प्रा. लि

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

काठमाडाैँ ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाइने बताउनुभएको छ ।

चितवन उद्योग सङ्घको ३५औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै अस्पष्ट कानुनका कारण प्रशासनिक झन्झट बेहोर्नुपरेकाले समयसापेक्ष संशोधन गरिने बताउनुभयो ।

उद्योगी व्यवसायीहरुले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भन्नुभयो, “प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गर्न लागिपरेका छौँ ।” देशमा कसरी लगानीमैत्री वातावरण बनाउने भन्ने सन्दर्भमा आफूहरूले निरन्तर प्रयासरत रहेको उहाँले प्रष्ट पार्नुभयो ।

त्यसका लागि आवश्यक पर्ने पूर्वतयारीहरू सरकारले गरिरहेको मन्त्री गौतमले बताउनुभयो । हालै मात्र लगानीमैत्री कानुनहरूमा केके सुधार गर्नुपर्छ ? भनेर बृहत् कार्यशाला गरिसकिएको उहाँले जानकारी दिनुभयो । लगानीमैत्री कानुन निर्माणका लागि नीति निर्माता, कर्मचारी तन्त्र, निजी क्षेत्र, राजनीतिक क्षेत्र सबै एकै ठाउँमा हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया

ad
TOP