logo
२४ माघ २०८१, बिहीबार

सबै प्रदेशमा आपत्कालीन गोदामघर राखिदै छ : गृहमन्त्री लेखक 

सबै प्रदेशमा आपत्कालीन गोदामघर राखिदै छ : गृहमन्त्री लेखक 

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा आफ्नो क्षमता विकासमा प्रगति गरिरहेको बताउनुभएको छ ।

कीर्तिपुरमा बुभवार आयोजित २७औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले खोज, उद्धार तथा राहतका क्षेत्रमा प्रशिक्षक र तालिमप्राप्त उद्धारकर्मी तयार भएको जानकारी दिँदै सुरक्षा निकाय र प्रतिकार्यमा क्रियाशील संस्थाको व्यवस्थित परिचालन गर्न आवश्यक व्यवस्था गरिएको बताउनुभयो ।

गृहमन्त्री लेखकले विपद्को समयमा अत्यावश्यक सामग्रीको भण्डारणलाई प्रभावकारी बनाउन आपतकालीन गोदामघर सञ्चालनसम्बन्धी कार्यविधि निर्माण गरी सबै प्रदेशमा आपतकालीन गोदामघर हस्तान्तरण गर्ने तयारी भइरहेको बताउनुभयो । सचेतना बढाउन परम्परागतसँगै नयाँ प्रविधिलाई अधिकतम प्रयोग गरिने उहाँको भनाइ छ ।

जाजरकोट लगायत भूकम्पबाट प्रभावित नागरिकका लागि अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ सहयोग गर्ने अस्थायी निर्माणसम्वन्धी मापदण्ड मन्त्रीपरिषद्बाट स्वीकृत भई लागू भइसककेको गृहमन्त्री लेखकले जानकारी दिनुभयो ।

ताजा अपडेट
TOP