logo
७ माघ २०८१, सोमबार

ट्युनिसियामा २७ अनियमित आप्रवासीको मृत्यु

ट्युनिसियामा २७ अनियमित आप्रवासीको मृत्यु

ट्युनिस । मध्य ट्युनिसियामा दुई डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित २७ आप्रवासीको मृत्यु भएको छ भने ८३ जनाको उद्धार गरिएको अधिकारीले बिहीबार एएफपीलाई जानकारी दिएका छन् ।

मध्य ट्युनिसियाको केर्केन्ना टापुमा फेला परेका उद्धार गरिएका र मृत यात्रुहरु युरोप पुग्ने लक्ष्यमा रहेको र उनीहरु सबै उपसहारा अफ्रिकी मुलुकका रहेको स्फ्याक्स शहरका नागरिक सुरक्षा प्रमुख जिद दिरीले जानकारी दिनुभयो ।

ट्युनिसियाली नेसनल गार्डका अनुसार अन्य सम्भावित हराइरहेका यात्रुको खोजी कार्य जारी छ । ट्युनिसिया अनियमित आप्रवासीहरूको लागि यूरोप छिर्ने एक प्रमुख प्रस्थान बिन्दु हो ।

ट्यूनिसियाको बाटो इटाली हुँदै युरोप पुग्न चाहने आप्रबासी सङ्ख्या अत्यधिक रहने गरेको छ । इटालीको लाम्पेडुसा टापु ट्युनिसियाबाट केवल १५० किलोमिटर (९० माइल) टाढा छ ।

प्रत्येक वर्ष, दशौं हजार मानिसहरू खतरनाक भूमध्यसागरीय मार्ग हुँदै युरोप छिर्ने गर्छन् र यात्राका लागि डुङ्गाको साहरा लिने र खराब मौसमको पनि बेवास्ता गर्ने गर्छन् । यस्ता यात्राले सामुद्रिक क्षेत्रमा उनीहरूले अकालमा ज्यान गुमाउने गरेका पाइन्छ । रासस/एएफपी

ताजा अपडेट
TOP