logo
७ माघ २०८१, सोमबार

संविधान संशोधनका लागि सहमति जुटाउँदैछौँ : सभापति देउवा

संविधान संशोधनका लागि सहमति जुटाउँदैछौँ : सभापति देउवा

बिराटनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा शुक्रवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक भएकाले दलहरुबीच वार्ता एवं सहमति कायम गर्ने प्रष्ट पार्नुभयो ।

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई ) मा ऋण सम्बन्धी सम्झौता नभएको उल्लेख गर्नुभयो ।

सभापति देउवाले मुलुकमा राजनीतिक स्थायीत्व कायम हुनुका साथै मुलुक समृद्धितर्फ अगाडि बढेको बताउनुभयो । वर्तमान गठबन्धन सरकारप्रति जनताको कुनै असन्तुष्टि नभएको उहाँको भनाइ थियो ।

कांग्रेसको प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन विराटनगर आउनुभएका सभापति देउवाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने जानकारी पनि दिनुभयो । रासस

ताजा अपडेट
TOP