

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १६ दशमलव ६६ कायम भएको छ ।
मंगलबार परिसूचक एक दशमलव २४ प्रतिशतले बढेको हो । तीन सय १२ कम्पनीको एक करोड ४२ लाख ९२ हजार सात सय ४२ कित्ता शेयर ७५ हजार पाँच सय ७२ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ४४ करोड ९८ लाख ९८ हजार नौ सय ८७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
बैंकिङ एक दशमलव २०, विकास बैंक शून्य दशमलव ४९, वित्त समूह एक दशमलव ५१, होटल तथा पर्यटन शून्य दशमलव ६४, जलविद्युत् एक दशमलव ९७ र लगानी समूह एक दशमलव १३ प्रतिशतले बढेको छ ।
त्यस्तै, जीवन बीमा एक दशमलव ०२, उत्पादन तथा प्रशोधन एक दशमलव ०८, लघुवित्त शून्य दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव २३, निर्जीवन बीमा शून्य दशमलव ८१, व्यापार एक दशमलव २९ र अन्य समूह एक दशमलव ६८ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया