logo
२ चैत्र २०८१, शनिबार

भारतले तेस्रो पटक जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

भारतले तेस्रो पटक जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । न्युजिल्यान्डलाई हराउँदै भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । दुबईमा भएको फाइनलमा न्युजिल्याण्डलाई चार विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।
२ सय ५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । उपाधि जित्ने क्रममा भारत अपराजित रह्यो । केएल राहुलले ३४ र रविन्द्र जडेजाले नटआउट ९ रन बनाउँदै भारतलाई जितसम्म पु¥याए ।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७६ रन बनाए । उनले ८३ बलमा सात चौका र तीन छक्का प्रहार गरे । उनले शुभमन गिलसँग पहिलो विकेटका लागि १ सय ५ रनको साझेदारी गरे । गिलले ३१ रन जोडे । यस्तै श्रेयश अय्यरले ४८ र अक्षर पटेलले २९ रन बनाए ।

यस्तै, श्रेयशले ६२ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । हार्दिक पान्ड्याले १८ रन बनाए । न्युजिल्यान्डका माइकल ब्रेसवल र मिचेल सान्टनरले दुई दुई विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले भारतसामू २५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । न्युजिल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएको थियो । ड्यारेल मिचेलले सर्वाधिक ६३ रन बनाए । माइकल ब्रेसवेल ५३ रनमा नटआउट रहे । रचिन रविन्द्रले ३७ र ग्लेन फिलिप्सले ३४ रन बनाए ।

भारतका लागि वरुण चक्रवर्ती र कूलदीप यादवले २–२ तथा मोहम्मद शामी र रविन्द्र जडेजाले १–१ विकेट लिए । यसअघि भारतले सन् २००२ मा श्रीलंकासँग संयुक्त रूपमा र त्यसपछि २०१३ मा उपाधि जितेको थियो ।

TOP