logo
२ चैत्र २०८१, शनिबार

आहा रारा पोखरा गोल्डकप : ब्ल्याक बुल्स सेमिफाइनलमा

आहा रारा पोखरा गोल्डकप : ब्ल्याक बुल्स सेमिफाइनलमा

कास्की ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबलको २४ औँ संस्करणमा पहिलो पटक सहभागिता जनाएको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

सहारा क्लब पोखराको आयोजनामा यही माघ २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको साेमबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा अर्को विदेशी टोली भारत सिक्किम थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० गोलको फराकिलो अन्तरले हराउँदै ब्ल्याक बुल्सले अन्तिम चारमा स्थान बनाएको हो ।

पहिलोपटक पोखरा आएर खेलको ब्ल्याक बुल्सले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।

खेलको ३८ औँ मिनेटमा ब्ल्याक बुल्सले स्लोमजोन अब्दुकोडिरोभको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले पेनाल्टी क्षेत्रबाट सुन्दर गोल गरेका थिए ।

खेलमा फर्किन सङ्घर्ष गरिरहेको थण्डरबोल्टलाई खेलको ७३ औँ मिनेटमा उज्वेकिस्तानका साइमोल दभ्लातजोनोभले अर्को गोल थप्दै निरास बनाए । त्यसको दुई मिनेटपछि बल्कात्जोन साटरोभले गोल गर्दै फराकिलो अन्तरको जित निकाल्स सफल भए । ब्ल्याक बुल्सले सेमिफाइनलमा नेपालको थ्रीस्टार क्लबसँग फागुन १ गते खेल्नेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज क्लबका बीच हुने आयोजकले जनाएको छ ।

TOP