

काठमाडौँ । एन्फा यु-१६ युथ लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा चर्च ब्वाइजले पुलिसमाथि ४-१ को जित निकाल्दै प्रतियोगितामा पाँचाँै जित दर्ता गराएको हो ।
जितसँगै चर्च ब्वाइजले सात खेलबाट १८ अङ्क जोडेको छ । पराजित पुलिसको समान खेलबाट १३ अङ्क रहेको छ ।
चर्च ब्वाइजको जितमा सनिल मगरले दुई गोल गरे भने अनिशकुमार मगर र सुशान्त थापामगरले एक एक गोल गरे । पुलिसका लािग रोहन पोखरेलले सान्त्वना गोल गरे ।
खेलको चौथो मिनेटमै चर्च ब्वाइजले सुशान्त थापामगरको गोलमार्फत सुरुआती अग्रता लियो । त्यसपछि खेलको २६औँ मिनेटमा चर्च ब्वाइजका अनिशकुमार मगरले गोल गरे ।
खेलको ३७औँ मिनेटमा सनिल मगरले गोल गरेपछि खेलको पहिलो हाफमा चर्च ब्वाइजले पुलिसमाथि ३-० गोलको अग्रता बनायो ।
खेलको ६९औँ मिनेटमा सनिल मगरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । खेलको ७१औँ मिनेटमा पुलिसका रोहन पोखरेलले सान्त्वना गोल फर्काए ।
प्रतिक्रिया