logo
३० माघ २०८१, बुधबार

महिला विश्वकप क्रिकेट : नेपालद्वारा मलेसिया पराजित

महिला विश्वकप क्रिकेट : नेपालद्वारा मलेसिया पराजित

काठमाडाैँ । आइसिसी यु-१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ ।

कप्तान पूजा महतोको उत्कृष्ट खेल प्रदर्शनमा नेपालले मलेसियालाई सात विकेटले हराएको हो ।

मलेसियाको जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालले टस जितेर पहिला फिल्डिङ राजेको थियो । मलेसियाले १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको योगफल बनायो । छयालिस रनको सामान्य लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो ।

विश्वकपको समूह ‘डी’ मा रहेको नेपाल यसअघि समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो । नेपालले स्कटल्यान्ड, अस्ट्रेलिया र बङ्गलादेशसँग हार बेहोरेको थियो । यस्तै समूह ‘ए’ मा रहेको मलेसिया पनि समूह चरणमा भारत, श्रीलङ्का र वेस्ट इन्डिजसँग पराजित भएको थियो ।

TOP