logo
२४ माघ २०८१, बिहीबार

खो खो विश्वकप : पुरुष र महिला दुबैतर्फ नेपाल उपविजेता

खो खो विश्वकप : पुरुष र महिला दुबैतर्फ नेपाल उपविजेता

काठमाडौँ । पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष टोली उपविजेता बनेको छ । नेपाल फाइनलमा भारतसँग पराजित भएको हो ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतवार साँझ सम्पन्न फाइनल खेलमा नेपाल आयोजक भारतसँग ५४-३६ अङ्कले पराजित भएको हो ।

पुरुषतर्फ नेपाल समूह ‘ए’को उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको हो । नेपाल पहिलो खेलमा भारतसँग ४२-३७ अङ्कले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले पेरूलाई तेस्रो खेलमा ब्राजिललाई तथा चौथो खेलमा भुटानलाई हराएको थियो ।

नेपालले क्वाटरफाइनलमा बङ्गलादेशलाई ६७-१८ अङ्कले तथा सेमिफाइनलमा इरानलाई ७२-२० अङ्कले पराजित गरेको थियो ।

यसअघि आजै नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा सम्पन्न भएको महिलातर्फको फाइनल खेलमा पनि नेपाल भारतसँग ७८-४० अङ्कले पराजित भएको थियो ।

पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको महिला टोली उपविजेता बन्न पुग्यो । फाइनल खेल भन्दा अघिका ६ खेलमा लगातार जित हाँसिल गर्दै आएको थियो । रासस

ताजा अपडेट
TOP