logo
२४ माघ २०८१, बिहीबार

सुकुटेमा ‘बिच भलिबल’ प्रतियोगिता सुरु

सुकुटेमा ‘बिच भलिबल’ प्रतियोगिता सुरु

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र सुकुटेमा माघ १ देखि सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता सुरु भएको छ ।

एक समारोहकाबीच प्रतियोगिताको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस खेलले सुकुटे क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले यहाँ हुने यस्ता खेलले सुकुटेसँगै, जुगल हिमाललगायत क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो । भलिबल, क्रिकेट, फुटबल लगायत खेल नेपालमा लोकप्रिय रहेको बताउँदै उहाँले आफ्नो तर्फबाट खेल क्षेत्रको विकासमा सहयोग रहने बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य माधव सापकोटा, प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, सुनकोशी गाउँपालिका अध्यक्ष टपीन्द्रप्रसाद तिमल्सिना, सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घका अध्यक्ष महेन्द्रसिंह थापा लगायतले प्रतियोगिताले सुकुटेका साथै सिन्धुपाल्चोक क्षेत्रको पर्यटन विकासमा खेल्ने भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

प्रतियोगितामा छ प्रदेश, तीन विभागीयसहित ३६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिता यही माघ ५ गतेसम्म सञ्चालन हुनेछ । रासस

ताजा अपडेट
TOP