logo
४ माघ २०८१, शुक्रबार

दशौँ राष्ट्रिय खेलकुद चैत २३ बाट वीरेन्द्रनगरमा हुने

दशौँ राष्ट्रिय खेलकुद चैत २३ बाट वीरेन्द्रनगरमा हुने

काठमाडौँ  ।  दशौँ राष्ट्रिय खेलकुद आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुनेभएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औँ बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपका सदस्य-सचिव टङ्कलाल घिसिङले बताउनुभयाे ।

यसअघि राखेपले दशौँ राष्ट्रिय खेलकुद गत मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमै गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरिएको थियो ।

गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापनका दिन २०७९ साल कात्तिक २ गते बसेको राखेपको ११५ औँ बोर्ड बैठकले उक्त मितिमा दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

ताजा अपडेट
TOP