logo
४ माघ २०८१, शुक्रबार

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमै हुन्छ : मन्त्री चाैधरी

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमै हुन्छ : मन्त्री चाैधरी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशको सुर्खेतमा तय भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनमा हुने बताउनुभएको छ ।

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम २०८०-८१ मा उल्लेखित युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनका विषयबारेको छलफलमा मन्त्री चौधरीले पूर्वनिर्धारित समय र स्थानमै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिने प्रतिबद्धता जनाउनुभएको हो ।

खेलाडीको सामाजिक सुरक्षाका लागि मन्त्रालय प्रतिबद्ध रहेको उहाँले बैठकलाई जानकारी गराउनुभयो ।

बैठकमा सांसदहरुले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय र स्थान परिवर्तन गर्न नहुनेमा जोड दिनुभएको थियो ।

ताजा अपडेट
TOP