

बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको मंगलवार आयोजित १३औँ दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै आम युवा विद्यार्थीलाई पलायन हुने नभइ देश निर्माणमा लाग्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री एवं कुलपति ओलीले देश र जनताका लागि ईमान्दारीपूर्वक सेवा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयमा आर्जेको ज्ञान देशकै हितमा लगाउनुपर्ने र त्यसका लागि सहज वातावरण बनाउन सरकारले सम्पूर्ण रूपमा प्रयत्न गरिरहेको बताउनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ८ हजार १५० विद्यार्थी दीक्षित भएको विश्वविद्यालयका सूचना अधिकारी टेकप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
सूचना अधिकारीका अनुसार कला सङ्कायतर्फ दुई सय चार, कानुनतर्फ चार सय ९७, शिक्षाशास्त्रतर्फ नौ सय छ, व्यवस्थापनतर्फ दुई हजार २४९, चिकित्साशास्त्रतर्फ दुई हजार १९८, विज्ञान तथा प्रविधि सङ्कायतर्फ छ सय ५४ तथा इञ्जिनियरिङतर्फ एक हजार ४४२ विद्यार्र्थी दीक्षित भएका छन् ।
प्रतिक्रिया