logo
२ चैत्र २०८१, शनिबार

गेटा मेडिकल कलेजलाई विश्वविद्यालयमा स्तरोन्नति गरिने

गेटा मेडिकल कलेजलाई विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रुपमा स्तरोन्नति गरिने बताउनुभयाे ।

सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह तथा विशेष सभामा उहाँले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर आफूले पहिलेदेखि नै कुरा उठाउँदै आएको उल्लेख गर्नुभएकाे हाे । उहाँले विश्वविद्यालय बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

डडेल्धुराको पर्शुराम क्षेत्र जोड्ने पुलसँगै सीमा क्षेत्रमा निर्माण हुने पुलका लागि आफू पहिले प्रधानमन्त्री हुँदा भारतीय समकक्षीसँग कुरा उठाएको उहाँँले बताउनुभयो ।

फरक प्रसङ्गमा प्रधानमन्त्रीले हुलाकी राजमार्ग, दैजी छेला औद्योगिक क्षेत्र, दोधारा-चाँदनीमा सुक्खा बन्दरगाह निर्माण पनि चाँड प्रारम्भ हुने बताउनुभयो । सुक्खा बन्दरगाह बनाउन भारत सरकारसँग छलफल जारी रहेको उहाँले  जानकारी  दिनुभयाे ।  रासस

TOP