

वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सामुदायिक विद्यालयमा निःशुल्क रूपमा शुद्ध तथा सफा खानेपानीको व्यवस्था गरिने बताउनुभएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका-१३, राधेमाईस्थित ‘साउथ जोन स्कुल’को १६औँ वार्षिकोत्सव समारोहमा मन्त्री यादवले सामुदायिक विद्यालयमा खानेपानीका धारा जडान गर्ने तयारी भइरहेको बताउनुभयो ।
यसबारे शिक्षामन्त्रालयसँग समन्वय गरिनुका साथै शिक्षा मन्त्रालय र खानेपानी मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली गठन गरिएको उहाँको भनाइ थियो । सो अवसरमा ‘साउथ जोन स्कुल’का प्रिन्सिपल सरोजप्रसाद चौधरीले विद्यालयबारे मन्त्री यादवलाई जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया