logo
३० माघ २०८१, बुधबार

‘विकास प्रक्रियामा विद्यालय शिक्षाकाे उल्लेखनीय योगदान छ’

‘विकास प्रक्रियामा विद्यालय शिक्षाकाे उल्लेखनीय योगदान छ’

सुनसरी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अनुशासित शैक्षिक जनशक्तिबाट देशको समग्र विकास प्रक्रियामा उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभएको छ ।

इटहरीस्थित जनता माध्यमिक विद्यालयको ६८औँ स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गुणस्तरीय शिक्षाका माध्यमबाट समतामूलक समाज निर्माणमा सहयोग पुगेको उल्लेख गर्नुभयो ।

पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो, “विद्यार्थीको समग्र विकास गर्दै परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोध भएका कर्मठ, अनुशासित र इमान्दार नागरिक तयार गर्न विद्यालय शिक्षाले अहम भूमिका खेलिरहेको छ ।”

जनता माध्यमिक विद्यालयले शिक्षाको आधारभूत मान्यतालाई आत्मासाथ गर्दै गुणस्तरीय शिक्षाको माध्यमबाट समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको उहाँको भनाइ छ ।

TOP