logo
३० माघ २०८१, बुधबार

‘शिक्षाको विकासका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक’

‘शिक्षाको विकासका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक’

गोरखा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

प्रेस चौतारीले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानले शिक्षा क्षेत्रको विकासका लागि तीनैवटै तहको सरकारले भूमिका खेल्नुपर्ने कुरालाई स्पस्ट व्याख्या गरेको उल्लेख गर्नुभयो ।

सरकारले विसं २०८३ सम्म अनिवार्य निःशुल्क शिक्षाको अभ्यास गर्ने गरी कार्ययोजना बनाएर अघि बढेको उहाँले बताउनुभयो ।

गुणस्तरीय शिक्षाले मात्र समृद्धि राष्ट्र निर्माण गर्न सकिने भन्दै शिक्षालाई अब उद्यमशीलतासँग जोडेर लैजाउनुपर्ने मन्त्री भट्टराईले बताउनुभयो ।

शिक्षासँग जोडिएका नीति निर्माणमा शिक्षाकर्मीको भूमिका पनि उत्तिकै रहेको उल्लेख गर्दै उहाँले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री भट्टराईले विद्यालय शिक्षा ऐन संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अहिले छलफलमा रहेको र थुप्रै विषय संशोधनको तयारी भइरहेको बताउनुभयो ।

उहाँले शिक्षा विधेयकको छलफल आफूले मन्त्रालयको जिम्मेवारी सुरु गरेपछि मात्र सुरु गरेको दाबी गर्नुभयो ।

TOP