logo
४ माघ २०८१, शुक्रबार

संस्कृत विश्वविद्यालयको सम्पत्तिका वारेमा प्रतिवेदन पेस

संस्कृत विश्वविद्यालयको सम्पत्तिका वारेमा प्रतिवेदन पेस

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसमक्षनेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समिति, २०८१ ले आफ्नोप्रतिवेदन पेश गरेको छ ।

उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमाशिक्षामन्त्रालयमा मन्त्री भट्टराईसमक्ष सोप्रतिवेदन हस्तान्तरण गरिएको हो ।

उक्त प्रतिवेदन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलिलाई हस्तान्तरण गरिने मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

सो अवसरमा मन्त्री भट्टराईले प्रतिवेदन कार्यान्वयनका लागिस्थानीय सरोकारवाला, राजनीतिक नेतृत्व र विश्वविद्यालयको सक्रिय भूमिका आवश्यक पर्ने उल्लेख गर्दै प्रतिवेदन तयार गर्ने कार्यमासंलग्न सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

मन्त्रिपरिषद्को गत असार २० गते बसेको बैठकको निर्णयानुसार गठित सो समितिले नेपाल संस्कृत विश्वविद्यालयको दाङ जिल्लाका विभिन्न स्थानमा अवस्थित जग्गा तथा भौतिक पूर्वाधारको स्थलगत अवलोकन, विश्वविद्यालय पदाधिकारी तथा कर्मचारीसँगको छलफल तथा अन्तरक्रिया एवं विभिन्न निकायसँगको समन्वयका आधारमा आवश्यक सूचना सङ्कलन गरी प्रतिवेदन तयार पारिएको समितिले जनाएको छ ।

ताजा अपडेट
TOP