धनुषा। आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछिपरेका समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले धनुषाका विभिन्न २४ विद्यालयमा शैक्षिक अवस्थामा सुधार एवं पूर्वाधार विकास कार्य अगाडि बढाइएको
छ ।
प्लान इन्टरनेशनल नेपालको पूर्वक्षेत्रीय कार्यालय जनकपुरधामकोमंगलवार आयोजित जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा संस्थाको शिक्षा परियोजनाअन्तर्गत चार वर्षअघि कार्यक्रम कार्यान्वयन भइरहेको जानकारी दिइएको हो ।
जिल्लाको विदेह, सहिदनगर, कमला र सबैला नगरपालिका तथा जनकनन्दनी गाउँपालिका गरी पाँच वटा स्थानीय तहका २४ वटा विद्यालयमा कार्यान्वयन भइरहेको यस कार्यक्रममा हालसम्म पाँच करोड ७८ लाख रुपैयाँखर्च भएको सो संस्थाका रुविना राउतले जानकारी दिनुभयो ।
संस्थाको कार्यप्रगति प्रस्तुत गर्दै उहाँले जापान सरकारको आर्थिक सहयोगमा प्लान इन्टरनेशनलद्वारा नेपालका ४२ वटा जिल्लामा शैक्षिक सुधार कार्यक्रमअन्तर्गत शैक्षिक पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, बालिकालाई सेनेटरी प्याड र औषधि वितरण, लैङ्गिक भेदभावविरुद्ध जनचेतना, शिक्षकलाई तालिम, कम्युटर प्रदान, शैक्षिक छलफल, अनुगमनलगायत कार्य भइरहेको बताउनुभयो ।
उक्त संस्थाले हाल मधेस प्रदेशका आठ वटा जिल्लाका सामुदायिक विद्यालयमा भौतिक तथा शैक्षिक सुधारकार्य अगाडि बढाउँदै लगेको त्यस अवसरमा जानकारी गराइएको छ ।
बैठकका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमख राजनन्दन मण्डललेधनुषा जिल्लामा आर्थिक तथा शैक्षिक रूपमा पछिपरेका समुदायका बालबालिका गुणस्तरीय शिक्षाबाट वञ्चित रहकाले सम्बन्धित निकायले त्यसप्रति ध्यान दिनुपर्ने बताउनुभयो ।
यसअघि जिल्ला समन्वय समिति प्रमुख मण्डल तथा उपप्रमुख सङ्गीता ठाकुरको नेतृत्वमा धनुषाका विभिन्न विद्यायलमा भएका कार्यहरूको अनुगमन तथा निरीक्षण गरिएको थियो । रासस
प्रतिक्रिया