logo
१३ चैत्र २०८१, बुधबार

वैज्ञानिक चिन्तन बोकेका युवा तयार गर्नुपर्छ : शिक्षा मन्त्री

वैज्ञानिक चिन्तन बोकेका युवा तयार गर्नुपर्छ : शिक्षा मन्त्री

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले वैज्ञानिक चिन्तन बोकेका युवा तयार गर्नेगरी उच्च शिक्षा विकास गर्नुपनेमा जोड दिनुभएको छ ।

सानोथिमिमाशुक्रवार आयोजित विश्वविद्यालय अनुदान आयोगको ३१औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले उच्च शिक्षा सुधारको दायित्व विश्वविद्यालय अनुदान आयोग र विश्वविद्यालयहरूको भएको बताउनुभयो ।

उच्च शिक्षा सञ्चालन गर्ने संस्थाहरूलाई संविधानको मर्मअनुसार समय सान्दर्भिक बनाउनुपर्नेमा जोड दिँदै शिक्षामन्त्री भट्टराईले आजको विश्वव्यापीकरणको दुनियाँमा देशलाई अविकसित र कमजोर राज्य ठान्ने मानसिकता त्याग्नुपर्ने बताउनुभयो ।

शिक्षामन्त्री भट्टराईले विश्वविद्यालय सुधार र आर्थिक परनिर्भर अन्त्य गर्दै युवा पलायन रोक्नुपर्ने धारणा राख्नुभयो ।

पुरानै शिक्षा ऐनअनुसार देशको शिक्षा नीति सञ्चालन भइरहेको केही समस्या रहेका र नीतिगत तहमा रहेका अप्ठ्याराको पहिचान गरी त्यसलाई फुकाउँदै जानुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारीले उच्च शिक्षाका लागि नेपाली विद्यार्थी र ठूलो धनराशि बाहिरिने गरेकाले यो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने उल्लेख गर्नुभयो ।रासस

ताजा अपडेट
TOP