logo
४ माघ २०८१, शुक्रबार

पहिरोले क्षति पुगेको विद्यालयको अध्यापनमा कठिनाइ

पहिरोले क्षति पुगेको विद्यालयको अध्यापनमा कठिनाइ

महेन्द्रनगर । भीमदत्त नगरपालिका-९ मुसेट्टीस्थित सडक छेउमै रहेको सरस्वती आधारभूत विद्यालय नजिक खसेको पहिरोबाट प्रभावित भएको छ ।

गत भदौँ अन्तिम साता अविरल वर्षासँगै खसेको पहिरोले विद्यालयको भवनमा क्षति पु¥याएको थियो । पहिरोले क्षति पु¥याएको डेढ महिना पूरा भइसक्दा पनि अहिलेसम्म पहिरोले क्षति पु¥याएको भवन मर्मत हुन सकेको छैन ।

विद्यालय भवनको विषयमा नगरपालिका, शिक्षा विकास तथा समन्वय समिति, जिल्ला प्रशासनलगायत सरोकारवाला निकायलाई जानकारी गराएको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक दिवाकर जोशीले बताउनुभयो ।

प्रधानाध्यापक जोशीका अनुसार विद्यालयका दुई भवनमध्ये तीनकोठे भवनमा पहिरोले क्षति पु¥याएको थियो । उक्त भवनको ठाउँठाउँमा चिरा परेकाले विद्यार्थी बसाउनै नमिल्ने भएको छ ।

अर्को दुईकोठे भवनको एउटा कोठामा कार्यालय छ । अर्को कोठामा ‘प्लाइउड’ लगाएर दुई कोठा बनाइएको छ । कक्षा ५ सम्म अध्ययन हुने विद्यालयमा २ वटा कोठामा विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक जोशीले बताउनुभयो ।

विसं २०६३ मा स्थापना भएको विद्यालयमा स्थायी दरबन्दीका २, बालविकासका १ र निजी स्रोतका १ समेत ४ शिक्षक कार्यरत छन् । सो विद्यालयमा ४० जना मात्र विद्यार्थी अध्ययनरत रहेका छन् ।

TOP