काठमाडौँ । भगवान् पशुपतिनाथको तात्विक स्वरुप र पञ्चकृत्यको वर्णन एवं व्याख्याद्वारा भक्तलाई मार्गदर्शन गर्न र पशुपतिनाथका बारेमा जिज्ञासुको जिज्ञासा समाधान गर्न ‘भगवान् श्रीपशुपतिनाथ’ नामक पुस्तक प्रकाशन गरिएको छ ।
श्रीपशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकमा पाँचवटा खण्ड समावेश गरिएका छन् । प्रतिष्ठानको यो पाँचौँ प्रकाशन हो । पुस्तकको पहिलो खण्डमा स्तुति, दोस्रो खण्डमा तत्व दर्शन, तेस्रो खण्डमा उपासना, चौथो खण्डमा इतिहास-संस्कृति र पाँचौँ खण्डमा अनुसूची समावेश गरिएको छ ।
स्तुति खण्डमा ३७ स्तुति समावेश गरिएका छन् । तत्व दर्शन खण्डमा विभिन्न विद्वानका २५ लेख समावेश गरिएको छ । उपासना खण्डमा १८ लेख, इतिहास-संस्कृति खण्डमा इतिहास र संस्कृतिसँग सम्बन्धित विभिन्न विद्वानका २१ लेख समावेश गरिएको छ ।
शिव महापुराणमा श्रीपशुपतिनाथ, वाग्मती र पशुपति, पशुपति क्षेत्रका स्थापित देवीदेवता, गुह्येश्वरीपीठ, विश्व सम्पदाको रूपमा श्रीपशुपति मन्दिर, पशुपति क्षेत्रमा अग्निहोत्र परम्परा, पशुपति क्षेत्रको भौतिक स्वरुप र मूर्त सम्पदाहरु, वैदिक सनातन धर्ममा आरतीको महिमा पशुपति क्षेत्रका जात्रापर्व, पशुपति मुद्रा लगाएतका विषयवस्तु पुस्तकमा समावेश गरिएको छ । पुस्तक एक हजार एक सय ६४ पृष्ठको छ । रासस
प्रतिक्रिया