logo
१० माघ २०८१, बिहीबार

उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभारम्भ

उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभारम्भ

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बारा जिल्लास्थित प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’ को सोमवार शभाराम्भ गर्नुभएको छ ।

उक्त अवसरमा उपराष्ट्रपति यादवले गढीमाई मन्दिरको दर्शन तथा पूजा आराधना गर्नुभयो । उहाँले मेला सफलताको कामना गर्नुभएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले गढीमाई मेलाको अवलोकन गर्नुका साथै मेलाको व्यवस्थापनबारे मूल समितिका अध्यक्ष उपेन्द्रप्रसाद यादवसहितका पदाधिकारी तथा सुरक्षाकर्मीसँग जानकारी लिनुभयो ।

TOP