logo
४ माघ २०८१, शुक्रबार

सनातन धर्म-संस्कृतिको संरक्षणमा जोड

सनातन धर्म-संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ ।  वैदिक सनातन धर्म, संस्कृतिको संरक्षण गरिनुपर्नेमा जोड दिइएको छ । योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले  शुक्रबार काठमाडाैँमा आयोजना गरेको कार्यक्रमका वक्ताले नेपालको पहिचान झल्काउने सनातन धर्म, संस्कृति र संस्कारको प्रवर्द्धन गरिनुपर्ने बताएका हुन् ।

संस्कृतिविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा जगमान गुरुङले मौलिक संस्कृतिमाथि हुने गरेका आक्रमण रोक्न ॐकार परिवारका सबै एक हुनुपर्ने बताउनुभयो ।

नेपालका सांस्कृतिक धरोहर भावी पुस्ताका लागि पनि सुरक्षित गर्ने गरी संरक्षण गरिनुपर्नेमा उहाँको जोड थियो ।

TOP