logo
३० माघ २०८१, बुधबार

आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ

आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित जनचेतनाआमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आज-भोलि बुटवलसम्म पनि माग हुने गर्दछ ।

विवाह, व्रतबन्ध, पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजाको टोली पुग्न थालेका छन् । गएको मङ्सिर महिनामा मात्रै ३० भन्दा बढी यस्ता कार्यक्रममा पुगेर बाजा बजाएको अध्यक्ष कस्तुरा खड्काले बताउनुभयो । एउटा कार्यक्रममा बाजा बजाएको ८ हजारदेखि २५ हजारसम्म लिने गरेको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय यस्ता बाजा लोप हुन थालेपछि आफूहरुले बाजाको संरक्षण पनि हुने, रोजगारी पनि हुने सोचेर यस पेसामा लागेको पनि अध्यक्ष खड्काले बताउनुभयो ।यस समूहमा ब्राह्मण, मगर, क्षेत्री समुदायका २५ जनाभन्दा बढी महिला आबद्ध भएको उहाँले जानकारी गराउँनुभयो ।

अध्यक्ष खड्काले पञ्चेबाजा संरक्षणलाई दिगो बनाउन पनि अब आमा समूहको एउटा भवन आवश्यक परेको छ भन्दै भवन निर्माणका लागि सरकारबाट सहयोगको अपेक्षा गरी माग गरिएकोबताउँनुभयो ।

पञ्चेबाजा बजाउने मात्रै नभई उक्त समूहले सामाजिक कार्य पनि गर्दै आएको छ । आमा समूहले विवाहमा खाना खुवाउनेजस्ता कार्य पनि यस  गर्दै आएको छ । सधैँ चुलोचौकोमा सीमित हुने महिला पनि सामाजिक रुपमा सशक्त छन् भन्ने सन्देश दिन आफूहरुले यो कार्य गरेको आमा समूहको भनाइ छ । रासस

TOP