logo
४ माघ २०८१, शुक्रबार

रित्तिन थाले गाउँबस्ती

रित्तिन थाले गाउँबस्ती

लक्ष्मी प्रसाद लम्साल ।

कनै बेला भरिभराउ हुने गाउँघर यतिबेला सुनसान हुन थालेका छन् । आजभाेलि गाउँबस्ती रित्तिन थालेका हुन। पछिल्लाे समय गाउँमा बुढापाका मात्र भेटिन्छन । चाडपर्वमा मात्र गाउँबस्तीमा चहलपहल देखिन्छ । सहरबजारबाट दसैँ, तिहारजस्ता पर्व मनाउन मात्र मानिसहरू जाने गर्छन । गाउँमा मानिस बस्न छाेड्दा जग्गा जमिन पनि बाँझै छन्  । अन्य समय वस्ती उजाड देखिएका हुन् । कुनै ठाउँमा त सुखदुखमा समेत मान्छेकाे अभाव भइसकेकाे अवस्था छ । भर्खरेै हिन्दु नेपालीकाे दाेस्राे ठूलाे चाड तिहार सकिएकाे छ । तिहार मनाउन गाउँ गएकाहरू फर्किदा बस्तीहरू सुनसान भएका हुन्।

पहिले गाउँघर नै रमाइलाे हुने हुन्थ्याे । पुराना संस्कार र संस्कृति पनि हराउन थालेका छन् । गाउँमा  मान्छे बस्न छाडेपछि संस्कृती पनि बिर्सिदैँछ ।  गाउँबस्तीमा पुराना लोकसंस्कृतिकाे माध्यमबाट सुखदुःख साटिन्थ्याे । युवापुस्तामा पुराना संस्कृतिप्रति चासाे पाइदैन् । पुराना पुस्ताले मात्र  आनन्द  लिने गर्छन । काम गरिखान सक्ने जति  कर्मथलो फर्किन थालेका छन् । गाउँमा बस्ने वातावरण नै नभएकाे स्थानीय बताउँछन् । अधिकांश युवापुस्ता विदेशतिर नै छन् । काेही जानेप्रकृयामा छन् । दशजाेड दुइ (कक्षा १२ ) पास गरिसकेपछि धेरैकाे दिमागमा विदेश नै हुन्छ ।

स्वेदशमा भविष्य नदेख्नु र देख्ने वातावरण नहुनु विडम्वना हाे । अझ भन्ने हाे भने गाउँमा बस्न नरूचाउनु राेग नै भइसकेकाे अवस्था छ । स्वदेशमा बसेकाहरू पनि सहर केन्द्रित हुन थाल्नुले गाउँ सुनसान हुन थालेका हुन् । अब चाडपर्वमा मात्र गाउँ सम्झिने कुरा अन्त्य हुनुपर्छ । गाउँमा बस्ने वातावरण सृजना गरिनुपर्छ । यसबारे तीन तहका सरकारले विशेष खालका कार्यक्रम ल्याइ  प्रभावकारी कार्यान्वयन गर्न जरूरी छ ।

TOP