logo
शनिबार, २८ असार २०८२

प्रसाईं र मिश्रलगायतलाई पाँच दिन म्याद थप

प्रसाईं र मिश्रलगायतलाई पाँच दिन म्याद थप

काठमाडौँ, २१ वैशाखः जिल्ला अदालत काठमाडौँले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका दुर्गा प्रसाईं र रविन्द्र मिश्रलगायतलालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको छ ।

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले शनिबारदेखि लागू हुनेगरी पाँच दिन म्याद थप गरेको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि, अदालतले प्रसाईंलाई क्यान्सर रोग उपचारको व्यवस्था गर्न आदेश गरेको थियोे ।

TOP